राष्ट्रियसभा निर्वाचन : आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

काठमाडौं ।  राष्ट्रियसभा  निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज मंगलबार उजुरी दिन सकिने भएको छ।  निर्वाचन आयोगले निर्धारण गरेको कार्यक्रमअनुसार मंगलबार उम्मेदवारविरुद्ध उजुरी दिने कार्यतालिका छ। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सोमबार उम्मेदवारहरुले मनोनयन दर्ता गरेका थिए। राष्ट्रियसभाका १९ जना सदस्यका लागि माघ ११ गते हुने निर्वाचनका लागि सोमबार ७ प्रदेशबाट ५२ जनाले उम्मेदवारी दिएका थिए।

राष्ट्रियसभा सदस्य पदका लागि कोशी प्रदेशमा २ सिटका लागि ५ जना, मधेस प्रदेशका २ सिटका लागि ५ जना र बागमती प्रदेशमा ४ सिटका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। यस्तै, गण्डकी प्रदेशमा ३ सिटका लागि ८ जना, लुम्बिनी प्रदेशमा २ सिठका लागि ७ जना, कर्णाली प्रदेशमा ३ सिटका लागि ६ जना र सुदूरपश्चिम प्रदेशमा ३ सिटका लागि ६ जनाले उम्मेदवारी दिएका छन्। आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका १ तिहाइ २० जना सदस्य को पदावधि सकिँदैछ। पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन हुनुपर्ने कानुनी व्यवस्थाअनुसार माघ ११ गते निर्वाचन हुन लागेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर