म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा

काठमाडौँ । म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ । गएराति राति भएको खेलमा विगन एथलेटिकलाई २–० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले चौथो चरणको यात्रा तय गरेको हो । युनाइटेडको जितमा डिआगो डिलोट र ब्रुनो फर्नान्डेजले एक–एक गोल गरेका थिए । २२ औं मिनेटमा युनाइटेडका मार्कस रासफोर्डको पासमा डिलोटले गोल गर्दै अग्रता दिलाए ।

७२ प्रतिशत बल आफ्नो नियन्त्रणमा युनाइटेडले राखे पनि दोस्रो गोल गर्न भने ७४ औं मिनेट कुर्नु परेको थियो । विगन एथलेटिकका खेलाडीले गल्ती गरेपछि पाएको पेनाल्टीमा युनाइटेडका फर्नान्डेजले गोल गर्दै २–० को जित पक्का गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर