जापानमा भूकम्पबाट मर्नेको संख्या एक सय ६१ जना पुग्यो

काठमाडौं ।  जापानमा अघिल्लो सोमवार गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ६१ जना पुगेको छ । इशिकावा क्षेत्रमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा भत्केका संरचनामा खोजी गर्ने क्रममा अहिलेसम्म एक सय ६१ जनाको शव भेटिएको हो । अझै एक सय तीन जना हराइरहेका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

भूकम्पका कारण सडक क्षतिग्रस्त हुँदा राहत वितरणमा समस्या भइरहेको छ । भूकम्पका कारण झन्डै एक हजार वटा पहिरो गएकोले धेरै ठाउँको सडकमा अवरोध भएको हो । पछिल्लो दुई दिनयता भूकम्प प्रभावित क्षेत्रमा हिउँ परेको छ भने केही क्षेत्रमा ठूलो वर्षा भएको छ । सुजु सहरमा भत्किएको घरको भग्नावशेषमुनि ९० वर्षभन्दा बढी उमेरकी एक महिलालाई पाँच दिनपछि अस्ति शनिवार उद्धार गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर