सर्लाहीको बरहथवा घटना सहमतिमा टुंगियो

काठमाडौं । सर्लाहीको बरहथवामा आन्दोलनरत पक्ष र प्रशासनबीच ११ बुँदे सहमति भएको छ। अस्पताल स्तरोन्नति गर्नुपर्ने आन्दोलनरत्त पक्ष, मृतकका आफन्त र प्रशासनबीच ११ बुँदे सहमति भएको हो।
घटनाका सम्बन्धमा छानविन गरी दोषीलाई कारबाही गर्ने, उचित क्षतिपूर्ति दिने , मृतकका आफन्तलाई रोजगारी दिने सहमतिमा उल्लेख छ।

आन्दोलनरत पक्षले आन्दोलनको कार्यक्रम फिर्ता लिने र पोष्टमार्टमपछि आफन्तले शव बुझ्ने सहमति भएको छ। गत शुक्रबार मारिएका स्थानीय युवा व्यवसायी जयशंकर साहको शव पनि तीन दिन पश्चात प्रहरीले मुचुल्का गरी उठाउन लागेको हो। बरहथवा ६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर साहको मृत्यु भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर