राष्ट्रियसभाका लागि कांग्रेसका १० जना उम्मेदवार तय

काठमाडौं ।  नेपाली कांग्रेसले राष्ट्रियसभाका १० जना उम्मेदवार टुंग्याएको छ। कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्द ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेसले बागमती प्रदेशको अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ ।
यस्तै गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगतर्फ पदमबहादुर परियार र लुम्बिनीको महिलातर्फत विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको उनको भनाइ छ । कर्णालीको अन्यतर्फ कृष्णबहादुर रोकाया र सुदूरपश्चिमको अन्यबलदेव बोहरा र अपांगतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको महतले बताए ।
उम्मेदवारी चयनको निर्णय न्यायसंगत र समावेशी हुन नसकेको भन्दै महामन्त्री गगन थापाले लिखित असहमति राखेका छन्। यस्तै मधेश प्रदेशबाट ढुंगानालाई उम्मेदवार बनाउने निर्णयमा नेता अर्जुन नरसिंह केसी र बलबहादुर केसीको पनि लिखित असहमति छ ।
१० जना मध्ये शेखर कोइराला र गगन थापा पक्षले तीन जना पाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर