केकमा गाँजा मिसाएर बेच्ने गरेका मानन्धर घट्टेकुलोबाट पक्राउ

काठमाडौं । राजधानी काठमाडौंमा अवैध लागूऔषध केकमा गाँजा मिसाएर बेच्ने गरेको खुलासा भएको छ । लागूऔषध नियन्त्रण ब्युरोले इन्स्ट्राग्राममार्फत एक अकाउन्ट बनाउँदै लागूऔषध प्रयोग गरी मुफिमलगायतको केक बनाउँदै बिक्री गरेको पाइएको जनाएको छ ।

ब्युरोका प्रहरी उपरीक्षक एवम् प्रवक्ता चक्रराज जोशीले काठमाडौंको घट्टेकुलोबाट उक्त कार्यमा संलग्न २६ वर्षीय विशन मानन्धरलाई पक्राउ गरेको बताए ।
यसबारे विशेष सूचना प्राप्त भएपछि ब्युरोको टोलीले मानन्धरलाई उनकै घरबाट पक्राउ गरेको हो । पक्राउ परेका मानन्धरको घर–कोठाबाट विभिन्न लागूऔषध समेत बरामद भएको प्रवक्ता जोशीले जानकारी दिए ।

जसमा गाँजाको धुलो १२१ ग्राम, तयारी अवस्थाको केकको झोल १७८ ग्राम, लागूऔषध गाँजा ७ केजी ५४ ग्राम, सेतो रङ्गको डिजिटल तराजु थान १, इलेक्ट्रिक ओभन थान १, ग्लोबल आईएमई बैङ्कको एटिएम थान १, बेकर्स क्रिएसन प्रालिको भौचर थान १, काठको ट्रे थान, १, केक बनाउने ट्रे थान २, चकलेट चिप्सको बट्टा थान १, चकलेट फ्लेबरको बोटल थान ५,अर्डरको सामान डेलिभरी गर्ने निलो र रातो रङ्गको हाते झोला, चकलेट टपिंङ बोटल थान १ बरामद भएको छ ।

यसैगरी, चकलेट कपको बण्डल थान २, खाद्य लेस बट्टा थान १, ब्रेड क्रम्स प्याकेट थान १, चकलेट पाउडर प्याकेट थान १, चोको चिप्स प्याकेट थान १, चोको चिप्स बट्टा थान २, चकलेट मोल्ड थान २,चकलेट पाउडरको बट्टा थान १, ओभन पञ्जा १ जोर, स्टिकर थान १, मैदाको (पिठो) बट्टा थान ५ ९ ठुलो २ र सानो ३०, चकलेट स्प्रिङकल बट्टा थान १, बाम्बु«ङ नामको छाप थान १, चिनीको बट्टा थान १, चकलेट प्याकिङ गर्ने सिल्भर पेपरको झोला थान १, पानी टेपको रोल थान १ समेत बरामद गरिएको छ ।

उनले अनुसन्धानका क्रममा मानन्धरले अनलाइनमार्फत बिक्री गर्ने गरेको गाँजा मिसाइ बनाइएको केकहरूको मेनु समेत फेला पारेको बताए । मानन्धरमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता जोशीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर