१ किलो ३ सय ग्राम सुनसहित श्रीलङ्काली महिला पक्राउ

काठमाडौं ।  एक जना विदेशी  महिलाले हिजो आफ्नो भित्री पहिरनमा लकाएर ल्याएको सुन प्रहरीले बरामद गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको उडानबाट काठमाडौं आएकी श्रीलङ्काली नागरिक ५४ वर्षीया कान्थी माथी कावस्करलाई एक किलो तीन सय ग्राम सुनसहित पक्राउ गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दका अनुसार उक्त परिमाणको सुन ती महिलाले भित्री वस्त्रमा लुकाएर ल्याएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर