सर्लाहीको बरहथवामा पुनः कर्फ्यु आदेश जारी

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिकामा फेरि कर्फ्यु आदेश जारी भएको छ । नगर अस्पताल स्वामित्वका विषयमा झडप हुँदा गतशुक्रबार एक जनाको मृत्यु भएपछि कर्फ्यु आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले हिजो शनिबार बिहानदेखि कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको थियो । तर स्थानीयले प्रदर्शनलाई जारी राखेपछि प्रशासन कार्यालयले आज आइतबार फेरि कर्फ्यु आदेश जारी गरेको हो । आज दिउँसो पौने १ बजेदेखि लागू भएको कर्फ्यु भोलि सोमबार बिहान ८ बजेसम्म कायम रहने प्रशासन कार्यालयले जनाएको छ ।

झडपमा बरहथवा–५ का जयशंकर साहको मृत्यु भएको थियो । उनको शव अझै घटनास्थल सडकमै रहेको छ । स्थानीयले आफूहरूको माग पूरा नभएसम्म शव उठाउन नदिने अडान राखेका छन् । गृह मन्त्रालयले घटनाबारे आइतबार छानबिन गर्न समिति गठन गर्नुका साथै मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । तर स्थानीयले आफूहरूको माग पूरा नभएको भन्दै प्रदर्शनलाई जारी राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर