चिसोले गर्दा एक भूकम्पपीडितको मृत्यु

काठमाडौं । चिसोले गर्दा जाजरकोट एक भूकम्प पीडितको मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँका ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको चिसोकै कारण मृत्यु भएको हो ।

निरन्तर पालको बसाइका कारण बिरामी परेका कर्णबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । कडा निमोनियाँ देखिएपछि उपचार सम्भव नभएको सुर्खेत अस्पतालले जनाएको छ । चिसोका कारण मृत्यु हुने भूकम्प पीडितको संख्या जाजरकोटमा ३१ र रुकुम पश्चिममा ५ गरी ३६ जनाको मृत्यु भइसकेको छ । जाडो बढ्दै जाँदा भूकम्प पीडितहरूको ज्यान जाने क्रम रोकिन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर