एफए कपमा चेल्सीद्वारा प्रेस्टोन पराजित

काठमाडौं । एफए कपमा चेल्सीले प्रेस्टोनलाई ४–० गोलले अन्तरले पराजित गरेको छ । पहिलो हाफसम्म भने प्रेस्टोनले गोलरहित बराबरी खेलेको थियो ।

दोस्रो हाफमा भने चेल्सीले लगातार गोलको वर्षा गरेपछि प्रेस्टोन फराकिलो अन्तरले पराजित भएको हो । जितसँगै चेल्सी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । प्रिमियर लिगमा चेल्सी २० खेलबाट २८ अंककासाथ दशौँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर