मौसम : तराईमा हुस्सु, अन्त मुख्यतया: सफा रहने

काठमाडौं ।  नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोसी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया: सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

यसैबीच देशभरको न्यूनतम तापक्रम घट्दै गएको छ । हिमाली तथा उच्च पहाडी भेगको न्यूनतम तापक्रम शून्य डिग्री सेल्सियसभन्दा पनि तल माइनसमा पुगेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ७, जिरीको माइनस शून्य दशमलव २ र जोमसोमको न्यूनतम तापक्रममा माइनस ५ दशमलव ५ डिग्री सेल्सियससम्म मापन भएको छ । हिमाली तथा उच्च पहाडी भेगमा हिमपात भैरहेकाले ती ठाउँको तापक्रम अझै केही दिन शून्यभन्दा पनि तल रहन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यका र अरु ठाउँमा पनि चिसो बढेको छ । आज काठमाडौंको न्यूनतम तापक्रम चार दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर