रुसी सेनामा भर्ती भएका नेपालीले नागरिकता र राहदानी पाउने

काठमाडौं । रुसी सेनामा भर्ती हुन गएका नेपालीले त्यहाँको नागरिकता र राहदानी पाउने भएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन द्वन्द्वको समयमा देशको सशस्त्र बल वा अन्य सैन्य एकाइहरूमा सेवाको लागि भर्ती हुने विदेशीहरूलाई रुसी राहदानी प्राप्त गर्ने अधिकार प्रदान गर्ने आदेशमा हस्ताक्षर गरेका छन् ।

रुसी सेनामा कति नेपाली छन् भन्ने यकिन तथ्यांक छैन तर अपुष्ट तथ्यांकअनुसार रुसको तर्फबाट लडिरहेका नेपालीको संख्या हजारभन्दा बढी छ । युद्धका क्रममा आधा दर्जनभन्दा बढी नेपाली मारिएको पुष्टि भएको छ । रुसी सरकार नियन्त्रित टेलिभिजन नेटवर्क आरटीका अनुसार क्रेमलिनले बिहीबार आफ्नो वेबसाइटमा यो आदेशमा हस्ताक्षर गरिएकोबारे रिपोर्ट गरेको छ। आदेशअनुसार त्यस्ता विदेशीहरूको परिवारका सदस्यहरूलाई पनि रुसी नागरिकता प्राप्त गर्ने अधिकार हुनेछ ।

विदेशी नागरिकहरूले लागि रुसी आइडी सुरक्षित गर्न आवेदन र सम्बन्धित कागजातहरू आन्तरिक मन्त्रालयमा पेश गरेपछि एक महिनाभित्र यस विषयमा विचार गरिनेछ। केही डाटालाई थप प्रमाणीकरणको आवश्यकता परेको अवस्थामा म्याद तीन महिनासम्म बढाउन सकिन्छ । सूचना नीतिमा राज्य डुमा समितिका प्रमुख अलेक्जेन्डर खिन्स्टाइनका अनुसार यस कदमले रुसका लागि लडाइँमा भाग लिएका विदेशीहरूलाई अन्य देशहरूमा सुपुर्दगी गर्नुपर्ने समस्या समाधान गर्न मद्दत गर्न सक्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर