भारतको आदित्य–एल वान गन्तव्यमा पुग्दै

काठमाडौं ।  भारतले  सूर्यको अध्ययन गर्न अन्तरिक्षमा पठाएको सौर्य मिसन ‘आदित्य–एल वान’ आज आफ्नो गन्तव्यमा पुग्दैछ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का अनुसार उसको पहिलो सौर्य मिसन आज दिउँसो ४ बजे तोकिएको कक्षमा पुग्ने अपेक्षा छ । त्यहाँ एक ठाउँमा राख्ने प्रयास हुने इसरोलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गएको सेप्टेम्बर पहिलो हप्ता आन्द्र प्रदेशको सतीश धवन केन्द्रबाट प्रक्षेपण भएको यो मिसन चार महिनापछि अन्तिम गन्तव्यमा पुग्न लागेको हो । इसरोका प्रमुख एस सोमनाथका अनुसार गन्तव्यमा पुगेपछि, अन्तरिक्ष यानले कुनै पनि ग्रहण विना सूर्य हेर्न सक्षम हुनेछ । सूर्य मिसन भए पनि यो अन्तरिक्ष यान सूर्यको नजिकै भने जाने छैन ।

पृथ्वीबाट १५ लाख किलोमिटर दूरीमा आदित्य यान पुग्नेछ जुन पृथ्वी र चन्द्रमा बीचको दूरीको चार गुणा हो । तर त्यो सूर्य र पृथ्वीबीचको दूरीको झण्डै एक प्रतिशत मात्र हो । पृथ्वीदेखि सूर्यको दूरी भने १५ करोड १० लाख किलोमिटर छ । यसअघि अमेरिकाको नासा, रुस र युरोपको अन्तरिक्ष एजेन्सीले पनि यस्तै सोलार मिसन पठाइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर