डा. गोविन्द केसीसहित सात जना पक्राउ

काठमाडौं ।   डा. गोविन्द केसीसहित सात जना माइतीघर मण्डलाबाट शनिबार पक्राउमा परेका छन् । विभिन्न मागसहित  प्रदर्शनमा उत्रिएका केसी र उनका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । केसीले नागरिक भेला भएर प्रदर्शन गर्न पाउने संविधानले प्रदत्त अधिकार फिर्ता गर्नुपर्ने भन्दै प्रदर्शनमा उत्रिएका थिए ।

उनले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउनुपर्ने, चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति अदालतबाट रोकिएकोमा तत्काल अदालतले नै बाटो खोलेर नियुक्ति अघि बढाउनुपर्ने माग राखेका छन् ।

यसका साथै गेटामा भएको सम्झौता भएबमोजिम स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने, विश्वविद्यालय र प्रतिष्ठानहरुमा राजनीतिक भागबन्डाको अन्त्य गरी योग्यताका आधारमा पदाधिकारी नियुक्ति गर्नुपर्ने, सरकारी अस्पतालमा दरबन्दी थप गर्नुपर्ने र औषधि निःशुल्क गर्नुपर्ने माग उनले राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर