गठबन्धनबीचमै राष्ट्रियसभाको सिट बाँडफाँट गर्ने सहमति

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका दलहरू बिचमै सिट बाँडफाँट हुने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग कुरा नमिलेकाले सत्ता गठबन्धनबीचमै राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँट गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णय सुनाउँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘‘सरकारमा सहभागी दलहरूको गठबन्धनले चुनाव लड्छ । सत्ता गठबन्धनमा पनि आफ्नो आफ्नो हिसाबले दाबी गर्नुभएको छ, पार्टीहरूले । साँझसम्ममा टुङ्गोमा पुग्छौँ । सत्ता गठबन्धनले सदाशयतापूर्वक एउटा वृहत् लोकतान्त्रिक धारणाका साथ सकिन्छ भने सत्ता र प्रमुख प्रतिपक्ष, प्रतिपक्षका बीचमा मिलेरै जान सकिन्छ कि भन्ने हो । तर सम्भव भएन । देशभरको मतको स्थितिलाई मध्यनजर गरेर र कसको राष्ट्रियसभामा कति स्थान छ, मतभार कति कसको छ भन्नेकुरालाई मध्यनजर गरी हामी टुङ्गोमा पुग्छौँ ।’’

लेखकले सरकारमा सहभागी चार दलका नेताहरूको बीचमा छलफल भएको र छलफलले गठबन्धन भित्रकै दलहरूबीचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको बताए । उनले सरकारमा सहभागी दलहरूको गठबन्धनले राष्ट्रियसभाको चुनाव लड्ने बताए । ‘‘सरकारमा सहभागी चार दलका नेताहरूको बीचमा छलफल भयो । राष्ट्रियसभाको सदस्य निर्वाचनको विषयलाई लिएर । आज पुनः ४ बजे बैठक बस्ने र ५ बजे सत्ता गठबन्धनमा सहभागी सबै दलहरूको बैठक बस्नेछ । ,’’ प्रमुख सचेतक लेखकले भने, ‘‘सबैको बैठकबाट राष्ट्रियसभा सदस्यको बारेमा टुङ्गो लगाउने निर्णय भएको छ । गठबन्धनकै बीचमा सिटको बाँडफाँट हुन्छ । सरकारमा सहभागी सहयोगी दलहरूबीचको छलफल र निर्णयले टुङ्गोमा पुग्छ ।’’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर