स्वीडेनको तापक्रम माइनस ४० डिग्री सेन्टिग्रेड

काठमाडौं । युरोपेली मुलक स्वीडेनमा २५ वर्ष यताको बढी चिसो भएको छ । स्वीडेनका विभिन्न राज्यहरुमा अहिले तापक्रम शून्यदेखि माइनस ४० डिग्री सेन्टिग्रेडसम्म झरेको छ । यो समयमा यहाँ २५ वर्ष यताकै चिसो तापक्रम रेकर्ड भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अध्यधिक चिसो र हिमपातका कारण यहाँका धेरै राज्यहरुमा विद्यालयहरु बन्द गरिएका छन् । पश्चिमी युरोपको नॉर्डिक क्षेत्रमा विगत तीन दिनदेखि अविरल वर्षाका कारण एक जनाको मृत्यु भएको छ ।

नार्डिकमा पुलहरु बन्द हुदाँ सवारी आवागमनमा रोक लगाइएको छ । स्थानीय प्रहरीले यात्रुलाई अनावश्यक यात्रा नर्गन सचेत गराएका छन् । युरोपका धेरै देशहरुमा अध्यधिक चिसो बढ्नुका साथै शीतलहरले जनजीवन प्रभावित बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर