सहकारीका बचतकर्तामाथि घात गर्नेलाई कारवाही गर्छौं : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारीबाट वचतकर्ताको रकम हिनामिना गर्ने कानुनको दायरामा आउने बताएका छन्।

सहकारीबाट ठगी भएको घटना आइरहेको सन्दर्भमा बचतकर्ता माथि विश्वास घात गर्नेलाई कानुनको दायरामा ल्याएरै छाड्ने बताएका हुन्। पाल्पामा शुक्रबार आयोजित एक कार्यक्रममा डा. महतले बचतकर्ताको पसिनाको कमाई दुरुपयोग गर्ने कसैलाई छुट नभएको बताए ।

‘‘वचतकर्ताको विश्वासमाथि घातगर्नेहरु एक छिनको लागि कानुनको दायराबाट भाग्लान् तर सधै भाग्न सक्दैनन्’’, उनले भने, ‘‘कानुनको दायरामा उनीहरु अवश्य पनि आउँछन्। किनभने वचतकर्ताको पैसा हो। यहाँहरुको पसिनाको एक–एक पैसाबाट जम्मा भएको रकम हो। दुरुपयोग गर्ने छुट छैन।’’

सहकारीको नियमक निकाय नहुँदा सहकारीले बैंकको रूप लिएको बताउँदै भने, “सहकारीको व्यवस्थापक को छन् भन्ने सदस्यलाई थाहा नभएको र विश्वास कै भरमा बचत गर्दा कतिपय सहकारीका सदस्यमाथि विश्वासघात भएको छ । देशैभर रहेका सहकारीको नियमनका लागि सरकारले छुट्टै नियामक निकाय गठन गर्ने प्रक्रिया अघि बढाएको छ ।”

निजी क्षेत्र, सार्वजनिक क्षेत्र र सहकारीको सहभागिताबिना देशको आर्थिक तथा सामाजिक विकास हुन नसक्ने पनि डा. महतले बताए । एक फरक प्रसङ्गमा उनले अर्थतन्त्रका विषयमा विभिन्न प्रचार भइरहे पनि विस्तारै अर्थतन्त्र लयमा फर्किएको र पुँजीको अभाव नभएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर