राष्ट्रियसभाको १९ वटै सिटमा एमालेले उम्मेदवारी दिने

काठमाडौं ।  नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनमा १९ वटै सिटमा उम्मेदवारी दिने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकबाट यो निर्णय गरिएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

बैठका निर्णय सार्वजनिक गर्दै उनले भने– ‘प्रत्येक क्लस्टरमा तीन जनाको नाम मागेको थियो । सिफारिस भएका नामको बारेमा प्रारम्भिक छलफल भयो’ उनले भने, ‘क्लस्टरमा पर्ने वा नपर्ने भन्ने विषयमा छलफल गरेर २३ गते १९ वटै उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी गरेका छौं ।’

माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । ५९ सदस्यीय राष्ट्रिय सभा सदस्यमध्ये फागुन २० मा २० जनाको पदावधि सकिनेभएपछि निर्वाचन हुन लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर