गाजापट्टीबाट ५१ जना प्यालेस्टिनी महिला पक्राउ

काठमाडौं ।  इजरायली सेनाले हमाससँग चलिरहेको युद्धका क्रममा गाजा पट्टीबाट कम्तीमा ५१ जना प्यालेस्टिनी महिलालाई पक्राउ गरेको प्यालेस्टाइनले जनाएको छ ।

प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन डिटेनिज एण्ड एक्स-प्रिजनर्स अफेयर्स अथोरिटी र प्यालेस्टाइन प्रिजनर्स क्लबले हिजो संयुक्त विज्ञप्ति निकालेर ती महिलालाई इजरायलको डेमोन जेलमा राखिएको बताइएको छ ।

पक्राउ पर्नेमा ८२ वर्षीया महिलासहित उनका आफन्त पनि रहेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । पक्राउ गरिएका महिलाले यातना र अपमानको सामना गर्नुपरेको र गाजाका अन्य बन्दीहरुलाई जस्तै गरी हिरासतमा राखिएको दाबी समेत गरिएको छ ।

इजरायलले मानवअधिकार सङ्गठनका प्रतिनिधिलाई बन्दीलाई भेट्न र अवस्थाबारे बुझ्न रोकेको आरोप छ । साथै रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई पहुँच दिन पनि अस्वीकार गरेको खबरमा उल्लेख छ । इजरायलले गाजाबाट पक्राउ गरी बन्दी बनाएकाहरुलाई गैरकानुनी लडाकुको दर्जा दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर