आज राति भू–तप उल्कावर्षा हुने, खुला आँखाले हेर्न सकिने

काठमाडौं । आज भू–तप उल्कावर्षा हुने भएको छ । बिहीबार राति देखिने उल्का वर्षा उत्कृष्ट अवस्थामा पुग्ने भएकाले नेपालबाट पनि अवलोकन गर्न सकिने बिपी कोइराला मेमोरियल प्लानेटरीयम एन्ड अब्जरभेटरी विज्ञान संग्रहालयले जनाएको छ ।

विज्ञान संग्रहालयका कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार राति २ बजेदेखि बिहान सूर्योदय हुनुभन्दा अघिसम्म खुला आकाशमा अन्धकार स्थानबाट उल्कावर्षा देख्न सकिनेछ । निर्देशक शर्माले भूतप उल्कावर्षा उत्तर पूर्वी भागमा देख्न सकिने जानकारी दिए । यसलाई खुला आँखाले हेर्न सकिनेछ ।

उल्कावर्षा प्रतिघण्टा ६० देखि १२० वटासम्म अवलोकन गर्न सकिनेछ । तर सोही समयमा चन्द्रमा पनि आकासमा देखिने भएकाले यसको प्रकाशले गर्दा उल्कावर्षा अवलोकन गर्न केही असहज हुने उनको भनाइ छ । उल्कावर्षा भूतप तारामण्डल नजिक देखिने भएकाले सोही नामबाट यसलाई भू–तप उल्कावर्षा भनिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर