क्यानले सन्दीप लामिछानेको भविष्यबारेमा छिट्टै निर्णय लिने : सचिव खड्का

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले बलात्कारको आरोपमा दोषी ठहर भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेको भविष्यबारे के गर्ने भन्नेबारे छिट्टै निर्णय गर्ने बताएका छन् ।

क्यानले आज बिहीबार कीर्तिपुर मैदानमा आयोजना गरेको संघको २०२४ सालको वर्षभरीको क्रिकेट क्यालेन्डर सार्वजनिकीकरण कार्यक्रममा संघका सचिव खड्काले यसबारे जानकारी दिएका हुन् । सन्दीपको भविष्यबारे पत्रकारले राखेको जिज्ञासामा खड्काले संघले आफ्ना कानुन व्यवसायीमार्फत सन्दीपका कानुन व्यवसायीसँग यस विषयमा छलफल गरेको र अदालतको पूर्ण फैसला नआउँदासम्म क्यानले कुनै आधिकारिक धारणा सार्वजनिक नगर्ने तय भएको बताए ।

पुस २५ गते अदालतले सन्दीपलाई सजाय सुनाउने र त्यसपछि अदालतको फैसलाको पूर्णपाठ पनि आउने अपेक्षा गरिएको बताउँदै सचिव खड्काले अदालतको कारवाही पूरा भइसकेपछि क्यानले लामिछानेको बारेमा आधिकारिक निर्णय गर्ने र यो विषय वक्तव्यमार्फत सार्वजनिक पमा जानकारी गराइने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर