नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक सुरु

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक काठमाडौंस्थित होटल याक एण्ड यतिमा सुरु भएको छ । बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करसहित प्रतिनिधिमण्डल सहभागी छन् ।

नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री जयशङ्करसहितको प्रतिनिधिमण्डल बिहीबार बिहान काठमाडौं आइपुगेका हुन् । बैठकमा सहभागी हुनुअघि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री साउदसँग शिष्टाचार भेट गरेका थिए ।
यसैबीच परराष्ट्रमन्त्री एनपी साउदसँग भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले भेटवार्ता गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर