राष्ट्रियसभामा एमालेलाई भाग नदिन माधव र शेखरको दबाब

काठमाडौं ।  राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले एमालेलाई पनि समेटेर लैजाने तयारी गरेपछि कांग्रेस नेता शेखर कोइरालाले असन्तुष्टि व्यक्त गरेका छन् ।

आगामी माघ २१ गते १९ सिटका लागि हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी एमालेलाई पनि भागबण्डामा सामेल गराउने गृहकार्य सुरु भएपछि नेता कोइरालाले असन्तुष्टि जनाएका हुन्। नेता कोइरालाले एमालेलाई प्रतिपक्षीको भूमिकामा रहन चेतावनी दिँदै सरकारसँग प्रतिपक्षको चुनावी सहकार्य स्वीकार्य हुन नसक्ने बताए।

यसैबीच सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई समेत समेटेर लैजाने प्रस्ताव गरेका थिए। सो प्रस्तावप्रति एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल असहमत भएपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो।

प्रधानमन्त्री दाहालले संक्रमणकालीन न्यायको विषयलाई निष्कर्षमा पुर्याउन एमालेको पनि साथ चाहिने भन्दै राष्ट्रियसभा निर्वाचनमा एमालेलाई पनि समेटेर लैजाने प्रस्ताव गरेका थिए। तर सो प्रस्तावप्रति अध्यक्ष नेपालले आपत्ति जनाएपछि बैठक निष्कर्षमा पुग्न नसकेको एक नेताले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर