भारतीय विदेशमन्त्री जयशङ्कर काठमाडौंमा

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनलाई बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरे । उनी नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुनेछ ।

त्यसअघि उनले राष्ट्रपति रामचन्द्र पौडेललाई शीतल निवासमा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेट गर्ने कार्यक्रम छ । दिउँसो संयुक्त आयोगको बैठकमा सहभागी भएपछि दुई देशबीच १० हजार मेगावाट बिजुली खरिद सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।

त्यसपछि भारतीय विदेशमन्त्री जयशङ्करले कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । उनी भोलि भारत फर्किने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर