गणतन्त्र जोगाउन राष्ट्रियसभामा एमालेलाई भाग दिन गहन छलफल

काठमाडौं । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको संयुक्त बैठक आज पुनः बस्दैछ । राष्ट्रियसभा सदस्य निर्वाचनको लागि सिट बाँडफाँटको विषयमा छलफल गर्न शीर्ष नेताहरूको संयुक्त बैठक बस्न लागेको हो ।

हिजोको छलफल टुङ्गोमा पुग्न नसकेपछि आज बिहान ९ः०० बजे पुनः बैठक बस्न लागेको हो । प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार साँझ सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताको संयुक्त बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको सिट बाँडफाँटमा एमालेलाई नछुटाउन आग्रह गरेका थिए ।

एमालेको आग्रहमा बुधबार बसेको बैठकमा सहमति नभएपछि आ–आफ्नो दलभित्र पुनः छलफल गरेर बैठक बस्न लागेको हो । मुलुकमा एकातिर गणतन्त्रको सट्टा राजतन्त्र पुनःस्थापना गर्नुपर्ने आवाज मुखरित भइरहेको अवस्थामा संसदवादी दलहरू एकै ठाउँमा उभिनुपर्ने अहिलेको आवश्यकतालाई दृष्टिगत गरी एमालेले सत्तारुढ दलहरूलाई राष्ट्रियसभामा प्रमुख प्रतिपक्षलाई “शून्य” को अवस्थामा नराख्न सजग गराइएको समाचार स्रोतले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर