रास्वपा सूर्यविनायक नगर सभापति केसीद्वारा राजीनामा

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगरपालिकाका नगर सभापति मनोज केसीले आफ्नो पदबाट राजीनामा दिएका छन् । सभापति केसीले पुस १६ गते पार्टीका जिल्ला सभापतिलाई सम्बोधन गर्दै राजीनामा पत्र बुुझाएको बताइएको छ ।

पार्टीको नगर कमिटी गठन अघिदेखि नै अध्यक्षको रूपमा काम गर्दै आएका केसीले आफ्नो व्यावसायिक कार्यव्यस्तताको कारण राजीनामा दिएको बताए । सूर्यविनायक नगरपालिकामा सक्रिय राजनीतिमा रहेका केसी रास्वपामा प्रवेश गर्नुअघि नेकपा एमालेमा सक्रिय थिए । केसीले रास्वपाको कुनै पदीय दायित्वमा आफू नरहेता पनि पार्टीको उन्नतिमा आफ्नो योगदान रहने सञ्चारकर्मीहरूलाई बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर