इरानमा भएको विस्फोटमा परी ७३ जनाको मृत्यु
काठमाडौं । इरानको रिभोल्युसनरी गार्डका दिवंगत जनरल कासिम सुलेमानीको हत्याको चौथो स्मृति दिवस मनाइरहेका बेला विस्फोट भएको छ। इरान सरकारको टेलिभिजन च्यानल इरिबका अनुसार बुधबार दिउँसो भएको यो विस्फोटमा कम्तीमा पनि ७३ जना मारिएका छन्। यो घटनामा अन्य सयौँजना घाइते भएका समाचार आएको छ।
यो घटनाको सुरुमा २० जनाको मात्रै ज्यान गएको खबर आएको थियो। तर इरानको सरकारी सञ्चारमाध्यमले मारिनेको संख्या बढेर ५० पुगेको जनाएको थियो। यो संख्या अब बढेर ७३ पुगेको हो। यो विस्फोट इरानको केरमान शहरको साहेब अल-जमान मस्जिदनजिकै भएको हो।
एक अनलाइन भिडिओमा घटनास्थलमा कयौँ शव छरपस्ट अवस्थामा देखाइएको छ। यसअघि समाचार एजेन्सी रोयटर्सले इरानी अधिकारीहरूलाई उद्धृत गर्दै यो आतंकवादी हमलामा कम्तीमा पनि २० जना मारिएको जनाएको थियो। यो विस्फोट केर्मान प्रान्तमामा भएको हो। यसअघि सरकारी समाचार एजेन्सी नूर न्युजले स्मारकतर्फ जाने सडकमा कयौँ पनि छाडिएको थियो।
अहिले घटनास्थलमा उद्धार तीव्र बनाइएको छ। उद्धारकर्मी घाइतेलाई सहयोगका लागि जुटिसकेका छन्। यहाँ सयौँ मानिस सुलेमानीको स्मृति दिवस मनाउन जुटेका थिए। सुलेमानीको चार वर्षअघि इराकमा भएको अमेरिकी हमलामा ज्यान गएको थियो।