मौसम : आंशिक बदलीदेखि हल्का हिमपातको सम्भावना

काठमाडौं ।  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान् महाशाखाका अनुसार  यतिबेला कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदलीको अवस्था छ। देशका बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो पनि कोशी, गण्डकी, कर्णाली र सुदूर पश्चिम  प्रदेशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने छ भने कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको छ। आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ भने कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर