भारतीय विदेशमन्त्री जयशंकर आज काठमाडौं आउँदै, भ्रमणको तयारी पूरा

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकर आज काठमाडौं आउँदै छने । उनी नेपाल र भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन आउन लागेका हुन् । दुई देशबीचको संयुक्त आयोगको बैठक आज बिहीबारदेखि काठमाडौंमा सुरु हुँदैछ।

परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोग नेपाल र भारतबीचको सबैभन्दा माथिल्लो तहको संयन्त्र हो। कोभिड महामारीका कारण पछिल्लो दुई वर्षमा आयोगको बैठक हुन सकेको थिएन। पछिल्लोपटक २०७७ माघ १ र २ गते भारतमा संयुक्त आयोगको बैठक बसेको थियो।

बैठकको अध्यक्षता परराष्ट्रमन्त्री एनपी साउदले गर्नेछन्। बैठकमा द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका विविध पक्षबारे समीक्षाका साथै छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालले व्यापार असन्तुलन कम गर्ने, आयात–निर्यातको सन्तुलन कायम गर्ने तथा उर्जा व्यापारको विषयलाई महत्त्व दिएर अजेन्डामा समावेश गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत जेठमा गरेको भारत भ्रमणका क्रममा नेपालबाट भारतले १० हजार मेगावाट विद्युत् खरिद गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो। त्यही सिलसिलामा भारतले आगामी १० वर्षभित्र १० हजार मेगावाट बिजुली नेपालसँग किन्ने सम्झौता गर्दैछन् भने दुई देशबीच अन्तर विद्युत प्रसारण लाइनको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै नेपालमा रहँदा भारतीय विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नेछन्। जयशंकर शुक्रबार भारत फर्किनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर