पहिचानवादीहरूको बन्दका कारण यातायात सेवा प्रभावित

काठमाडौं ।  पहिचानवादीहरूको बन्दका कारण पूर्वी पहाडी जिल्लाहरूलाई जोडेको मेची राजमार्गमा यातायात सेवा प्रभावित भएको छ । प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले पक्राउ परेका पहिचानवादी नेताको रिहाइकाे माग गर्दै बन्दकाे आह्वान गरेका हुन् । बन्दका कारण ताप्लेजुङसहित पाँचथर, इलाम र झापा जिल्लामा रहेको मेची राजमार्गमा बिहानैदेखि यातायातका साधन चलेका छैनन् ।

आज बुधवारका लागि टिकट लिएका यात्रु गन्तव्यमा जान नपाई सम्बन्धित जिल्लाहरूमै रोकिएका छन् । समितिले विज्ञप्ति निकालेर आज र भोलि बिहीवारका लागि बन्द आह्वान गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर