प्रधानमन्त्री महिला टी–२० कप : एपीएफ क्लब च्याम्पियन

काठमाडौं । प्रधानमन्त्री  महिला टी–२० कप राष्ट्रिय प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा कोशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।

जितको लागि एक सय १५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश निर्धाीरतन २० ओभरमा चार विकेटको क्षतिमा एक सय तीन रनमा समेटिएको थियो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले ६२ रन बनाएका थिए । रुविनाले ५८ बलमा सात चौका र एक छक्काको सहयोगमा अर्धशतकीय रन बनाइन् । काजल श्रेष्ठले २२ रन जोडिन् । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा एपीएफकी करुणा भण्डारी र सीता रनामगरले एक एक विकेट लिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्एरेको एपीएफले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १४ रन बनाएको थियो । एपीएफका लागि इन्दु बर्माले अर्धशतकीय पारी खेलिन् । उनले ४७ बल खेल्दै ५३ रनको योगदान दिइन् । ज्योति पाण्डेले २७ तथा रोमा थापाले १४ रन बनाइन् ।

बलिङतर्फ कोशीका अप्सरी बेगमले ह्याट्रिक गरिन् । उनले २०औँ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिइन् । बेगमले पहिलो बलमा इन्दु बर्मा, दोस्रो बलमा नेरी थापा तथा तेस्रो बलमा सोनु खड्काको विकेट लिएकी थिइन् । एलिशा खडियाले दुई तथा कप्तान रुविना क्षेत्री र निशा शाहले एक एक विकेट झारिन् । उपाधिसँगै एपीएफले पाँच लाख रुपैयाँ पुरस्कार पाएको छ । उपपिवजेता कोशीले तीन लाख रुपैयाँ प्राप्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर