भोलि नेपाल–भारतबीच विद्युत् प्रसारण लाइन उद्घाटनको तयारी

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा प्रसारण लाइन उद्घाटन गर्ने तयारी भइरहेको छ । भारतीय विदेशमन्त्री र जयशंकर नेपाली समकक्षी एनपी साउदले बिहीबार १३२ केभीएका तीनवटा प्रसारण लाइनको संयुक्त रूपमा उद्घाटन गर्नेमा सरकारको तयारी रहेको बुझिएको छ । भारतीय विदेशमन्त्री जयशंकर भोलि बिहीबार नेपाल–भारतबीच हुने संयुक्त आयोगको बैठकमा भाग लिन काठमाडौं आउँदै छन् ।

सरकारको तयारी अन्सार मन्त्री द्वयले रक्सौल–परवानीपुर प्रसारण लाइन, कुशाहा–कटैया प्रसारण लाइन र नौतनवा–मैनाहिया प्रसारण लाइनको उद्घाटन गर्नेछ । यसैगरी जयशंकरको नेपाल भ्रमणको क्रममा नेपाल–भारतबीच १० हजार मेगावाट विद्युत् व्यापार सम्झौतामा पनि हस्ताक्षर हुनेछ । उक्त सम्झौतामा दुई देशका ऊर्जा सचिवले हस्ताक्षर गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डको गत जेठमा भएको भारत भ्रमणका क्रममा भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने सहमति भएको थियो ।

यसैबीच संयुक्त आयोगको बैठकमा दुवै देशबीच वाणिज्य सन्धि पुनरावलोकन तथा संशोधन गर्न सम्बन्धित मन्त्रालयका सह–सचिवस्तरीय समिति बनाउने विषयमा छलफल हुनेछ । विदेशमन्त्री एस जयशंकरको भ्रमणको क्रममा भारतसँग पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न शहरहरूमा सीधा उडानका लागि अनुमति दिने पनि संस्कृति मन्त्रालयले प्रस्ताव गर्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर