एपीएफले दियो कोशीलाई ११५ रनको लक्ष्य

काठमाडौैं ।  प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले कोशी प्रदेशलाई ११५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी फाइनल खेलमा एपीएफले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा ११४ रन बनाएको हो। एपीएफका लागि इन्दु बर्माले अर्धशतकीय पारी खेलिन्। उनले ४७ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५३ रन बनाइन्। ज्योति पान्डेले २७ र रोमा थापाले १४ रन जोडे।

कोशीका लागि भने अप्सरी बेगमले ह्याट्रिक पूरा गरिन्। उनले १९ औँ ओभरमा लगातार ३ विकेट लिइन्। उनले इन्दु, नेरी थापा र सोनु खड्कालाई आउट गरिन्। अलिशा खडियाले २ तथा रुबिना क्षेत्री र निशा शाहले १–१ विकेट लिए। सबनम राई र संगीता राई डगआउट भए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर