बालकुमारी घटनामा मारिएका सुजन रावतको अन्त्येष्टि

काठमाडौं ।   बालकुमारी घटनामा ज्यान गुमाएका दैलेखकाे महाबु गाउँपालिका–६ रानीवनका सुजन रावतको अन्त्येष्टि गरिएकाे छ । आज मङ्गलवार श्रीस्थानकाे आर्यघाटमा सुजनकाे हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएकाे हाे ।

यसअघि आजै दिउँसाे सुजनकाे शवयात्रा गरिएकाे थियाे । सुजनकाे शव काठमाण्डाैबाट सुर्खेतसम्म हवाईजहाज र सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत दैलेखकाे कालीदत्त गुल्म पुर्‍याइएकाे थियाे । गुल्मको गेटदेखि तीन सय मिटर दूरीमा रहेको घरमा पुर्‍याई सुजनकाे शवयात्रा शुरु भएकाे हाे । शवयात्रामा आफन्तसहित स्थानीयवासीकाे सहभागिता थियाे ।

गएको शुक्रवार ललितपुरको बालकुमारीमा रहेकाे ईपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा दैलेखका सुजनसहित अछामका वीरेन्द्र शाहको ज्यान गएको थियाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर