अटिजम अवस्थाको पहिचान गर्न नसक्दा समस्या : विज्ञ

काठमाडौं । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले अटिजम अवस्थाको पहिचान गर्न नसक्दा समस्या हुने गरेको जनाएको छ । हेटौँडामा मन्त्रालयले मंगलबार आयोजना गरेको अटिजमसम्बन्धी छलफलमा सहभागी सरोकारवालाहरुले बागमती प्रदेशमा एक हजार २५३ जनामा अटिजमको समस्या रहेको जानकारी दिए । उनीहरूका अनुसार काठमाडौंमा ४९५, ललितपुरमा ८३, भक्तपुर ७८, चितवन ११३, मकवानपुर ७७ र नुवाकोटमा ६५ जनामा अटिजमको अवस्था रहेको छ । त्यस्तै सिन्धुपाल्चोकमा ५४, दोलखा ३३, सिन्धुली ६५, रामेछाप २८, काभ्रे ६५ र रसुवामा १७ जनामा अटिजमको अवस्था रहेको छ ।

कुनैपनि व्यक्तिको उमेरको विकाससँगै उमेर सापेक्ष संवाद, विचार बुझ्न र भाषाको प्रयोग गर्न कठिनाइ, एउटै व्यवहार लगातार दोहोर्‍याउने, अरूसँग घुलमिल नहुने, अस्वाभाविक प्रतिक्रिया देखाउने अवस्थालाई अटिजम भनिन्छ । स्वास्थ्य मन्त्रालय महाशाखा प्रमुख डा. खगेश्वर गेलालले प्रदेशका १३ वटै जिल्लामा अटिजमसम्बन्धी काम गर्ने संघसंस्थाको पहिचान गरेर अगाडि बढ्ने बताए । समयमै समस्याको पहिचान गरेर आवश्यक तालिमसमेत प्रदान गर्ने तयारी गरेको उनले बताए । कार्यक्रममा डा. रामप्रसाद पोखरेलले अटिजमसम्बन्धी कार्यपत्र प्रस्तुत गरेको थियो भने अटिजम केयर नेपालका सुरेन्द्र बज्राचार्यले जुममार्फत अटिजम सम्बन्धी जानकारी दिँदै सहभागीसँग अन्तरसंवाद गरेका थिए ।

सन् २०२३ को नयाँ तथ्याङ्क अनुसार ३६ जना बच्चामध्ये एक जनालाई अटिजम भएको तथ्याङ्क छ । भारतमा आठ करोड मानिसमा अटिजम भएको अनुमान छ । श्रीलङ्कामा दुई लाख मानिसहरुलाई अटिजम भएको अनुमान गरिएको छ । नेपालमा पनि तीन लाख जनसङ्ख्यामा कुनै न कुनै रूपमा अटिजमको समस्या रहेको मानिन्छ ।

“कुनैपनि व्यक्तिको उमेरको विकाससँगै उमेर सापेक्ष संवाद, विचार बुझ्न र भाषाको प्रयोग गर्न कठिनाइ, एउटै व्यवहार लगातार दोहोर्‍याउने, अरूसँग घुलमिल नहुने, अस्वाभाविक प्रतिक्रिया देखाउने अवस्थालाई अटिजम भनिन्छ “


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर