बालकुमारी घटनामा मारिएका सुजनको दैलेखमा शवयात्रा

काठमाडौं । ललितपुरको बालकुमारी घटनामा मारिएका दैलेख महाबु गाउँपालिका–६ रानीवनका सुजन रावतकाे शवयात्रा गरिएको छ ।

सुजनकाे शव मंगलबार काठमाडौंबाट सुर्खेतसम्म हवाईजहाज र सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत दैलेखकाे कालीदत्त गुल्म पुर्‍याइएकाे थियाे । गुल्मको गेटदेखि तीन सय मिटर दूरीमा रहेको घरमा पुर्‍याई सुजनकाे शवयात्रा गरिएको हाे । शवयात्रामा आफन्तसहित स्थानीयवासीकाे सहभागिता छ । सुजनकाे हिन्दू परम्पराअनुसार शिरस्थानमा काजकिरिया गर्ने परिवारजनले बताएका छन् ।

गएको शुक्रवार ललितपुरको बालकुमारीमा रहेकाे ईपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाबीच झडप हुँदा दैलेखका सुजनसहित अछामका वीरेन्द्र शाह मारिएको थियाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर