आज मंगलबार नेप्से ३०.०५ अंकले झर्‍यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से ३०.०५ अंकले घटेर दुई हजार ३० दशमलब १० विन्दुमा बन्द भएको हो ।  त्यस्तै, आज ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएकामध्ये ३७ कम्पनीको शेयरमूल्य बढेको छ भने २०५ कम्पनीकोे शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा लक्ष्मी लघुवित्त वित्तीय संस्था, चिरख्वा हाइड्रोपावर कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।  त्यस्तै, हिमालयन हाइड्रोपावर लिमिटेड कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार शिभम् सिमेन्ट लिमिटेडको भएको छ । आज यस कम्पनीको १६ करोड ११ लाख बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर