बालकुमारी घटना स्वाभाविक होइन : प्रवक्ता सापकोटा

काठमाडौं । माओवादी केन्द्रले ‘जनतासँग माओवादी : विशेष रूपान्तरण अभियान’ सफल भएको दाबी गरेको छ । चार महिने अभियान सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले कार्यकर्तामा जागृति आएको र जनतामा आश पलाएको बताए ।

चुनावको बेलामा मात्र होइन, माओवादी अरू बेलामा पनि आए भनेर जनतामा आशाको झिल्का पैदा भएको उनको दाबी थियो। अभियानका क्रममा पुराना कार्यकर्ता सक्रिय भएको र नयाँ प्रवेश पनि भएको उनले बताए ।

सापकोटाले बालकुमारी हत्या प्रकरण स्वाभाविक नभएको बताए । उनले प्रथम दृष्टिमै त्रुटि रहेको जिकिर गरे । तर यो गम्भीर विषय भएकाले प्रधानमन्त्रीले नै सुरक्षा निकायसँग छलफल गरिरहेको उनले बताए । यद्यपि यो घटना स्वाभाविक मान्न नसक्ने उनको निष्कर्ष छ ।

‘आयोग गठन भएको छ । विस्तृत रिपोर्ट आयोगले नै बाहिर ल्याउँछ । यो गम्भीर विषय हो । प्रधानमन्त्रीले नै सुरक्षा निकायसँग छलफल गरिरहनुभएको छ । यस घटनालाई रूप र सारमा हेर्नुपर्छ’, उनले भने, ‘जनतामा आक्रोश हुनु स्वाभाविक हो । तर गोली नै चल्नुपर्ने अवस्था थिएन । यद्यपि यो घटना स्वाभाविक छैन । रहस्यमय छ । प्रथम दृष्टिमै गलत भएको छ । विभिन्न बहानामा जनतालाई भड्काउने काम भइराखेको हुनसक्ने हामीले भन्न सक्छौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर