रुसी सेनामा रहेका थप तीनजना नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा रहेका थप तीनजना नेपालीको मृत्यु भएको छ । युक्रेनी सेनाको आक्रमणमा परेर उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा स्याङ्जाका हरि अर्याल, कैलालीका भरत शाह र धादिङका राजकुमार गिरी रहेका छन् । यसअघि रूसी सेनामा रहेका सातजना नेपालीको मृत्यु भइसकेको छ ।

योसँगै हालसम्म रूसी सेनामा रहेका दश जना नेपालीको मृत्यु भएको छ । यस्तै, चारजना नेपाली युक्रेनी सेनाको कब्जामा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर