राष्ट्रपति रनिङ शिल्डमा ३२ सय सहभागी

काठमाडौं । तीन दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट काठमाडौंको दशरथ रङ्गशालामा सुरु भएको छ । प्रतियोगितामा करिब ३२ सय जना विद्यार्थी सहभागी भएको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बताए ।

उनले यो सङ्ख्यालाई आगामी दिनमा बढाएर १० हजारले भाग लिनसक्ने आकर्षण बिन्दु बनाउन विद्यार्थीलाई आग्रह गरे । उनले मेडल ल्याउनु ठुलो कुरा नभएको भन्दै अरूलाई पनि प्रेरित बनाएर आफूसँगै खेल्ने बनाउनु ठुलो कुरा रहेको विचार व्यक्त गरे । प्रमुख साहले वर्ल्डकप र ओलम्पिक जित्नुस् भन्ने दबाब आफूले नदिने बरु आफूसँगै अरूलाई पनि खेल्न प्रेरित गर्न आग्रहुमेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर