वामपन्थी नेता मोहन बैद्य अस्पताल भर्ना

काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन बैद्य “किरण” अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या भएपछि ७७ वर्षीय वैद्यलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।

चिकित्सकहरुले बैद्यलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कार्यालय सदस्य इन्द्रमोहन सिग्देलले जानकारी दिए । उनको स्वास्थ्यमा सुधार हुँदै गएको पनि उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर