पाँच सय रुपैयाँले बढ्याे सुनकाे भाउ

काठमाडौं ।  सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज भाउ बढेर तोलाको एक लाख २१ हजार रुपैयाँ पुगेको छ । यसअघि गएको बिहीवार अहिलेसम्मकै उच्च तोलाको १ लाख २२ हजार पुगेको थियो।

यस्तै, आज चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको एक हजार चार सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर