काठमाडौं टुँडिखेलमा तमु ल्होसार पर्व

काठमाडौं । गुरुङ समुदायले आज आइतबार तमु ल्होसार पर्व मनाएका छन् । पुरानो वर्षलाई बिदा गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ ।

पर्वका अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले काठमाडौंको सदर टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको छ । काठमाडौं उपत्यका र उपत्यका बाहिर घर भई यहाँ बस्ने तमु गुरुङ समुदायका व्यक्तिहरू आ–आफ्नो परम्परागत भेषभूषा र झाँकीसहित उल्लासमय वातावरणमा टुँडिखेलमा भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर