भक्तपुरको मध्यपुर थिमिमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको आयोजना हुँदै

भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको आयोजना हुँदैछ ।

नेपाल भारोत्तोलन संघको आयोजनामा यही पुस २४ देखि २६ गतेसम्म हने प्रतियोगितामा देशभरी तथा विभागीय टिमसहित पुरुष तथा महिला खेलाडी गरी करिब दुई सय पचासजना सहभागी हुने संघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले  मध्यपुर थिमिमा आइतबार आयोजित पत्रकारसम्मेलनमा जानकारी दिए ।
अध्यक्ष श्रेष्ठले प्रतियोगिता आइडब्ल्युएफ, एडब्ल्युएफ र एनडब्ल्युएको नियमअन्तर्गत सञ्चालन हुने बताए । उनका अनुसार जुनियर तथा सिनियर पुरुषमा ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२, १०९ र त्यसभन्दा माथि वजन समूह प्रतियोगिता हुनेछ ।

यस्तै, युथ पुरुषतर्फ ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२ र त्यसभन्दामाथि प्रतिस्पर्धा हुनेछ । यसैगरी जुनियर तथा सिनियर महिलामा ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७ र त्यसभन्दा माथि स्पर्धा गराइने छ भने युथ महिलातर्फ ४०, ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१ र त्यसभन्दा माथि प्रतियोगिता आयोजना गरिने छ ।
संघका अध्यक्ष श्रेष्ठले दिएको जानकारीअनुसार, महिलातर्फ (युथ, जुनियर र सिनियरतर्फ स्वर्ण, रजत र कांस्य ९० गरी दुई सय सत्तरी थान पदक वितरण गरिने छ । यसैगरी पुरुषतर्फ (युथ, जुनियर र सिनियरतर्फ स्वर्ण, रजत र कांस्य ९० गरी दुई सय सत्तरी थान पदक रहने र महिला र पुरुष गरी कुल पदक संख्या पाँचसय ५४० थान रहने छ ।

अध्यक्ष श्रेष्ठले प्रतियोगिताको अवधिभर सहभागी हुने खेलाडी, व्यवस्थापक, प्रशिक्षक र अफिसियलहरूको खाना आवासको व्यवस्था संघले नै व्यहोर्ने जानकारी पनि दिए । उनले प्रतियोगिता सञ्चालन गर्न ८६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए । प्रतियोगिता मध्यपुर थिमिस्थित थिमि बैंक्वेटमा सञ्चालन गरिने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर