कांग्रेस बैठकमा संविधान संशोधनको चर्चा चुलिँदै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा संविधान पुनरावलोकनको विषय उठान भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकको तेस्रो दिन शनिबारको बैठकमा केन्द्रीय सदस्य रमेश लेखकले संविधान पुनरावलोकन गर्नुपर्ने बेला भएको बताएका हुन् ।

नेता लेखकले भने, ‘‘यो संविधान जारी भएको आठ वर्ष भइसक्यो । आठ वर्षमा यसको अभ्यास पनि हामीले हेरेका छौँ, मलाई के लाग्छ भने संविधानका मूल तत्वहरुलाई प्रभावित नगर्ने गरी संविधानको कार्यान्वयनको समीक्षा र पुनरावलोकनमा जानुपर्छ ।’’

लेखकले बैठकमा प्रवेश गराएको संविधान पुनरावलोकनको विषयमा अन्य नेताले बहसको विषय बनाएका छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले नेता लेखकको प्रस्तावको पक्षमा आफ्ना भनाइ राखे । यसैगरी, केन्द्रीय सदस्य बलबहादुर केसीले अहिले संविधान पुनरावलोकन गर्न नहुने तर्क गरे । वर्तमान सत्ता गठबन्धनको विकल्प नरहेको भन्दै नेता लेखकले त्यसलाई प्रभावकारी र क्रियाशील बनाउन जोड पनि दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर