श्रीलंका क्रिकेट टिमको कप्तान परिवर्तन

काठमाडौं ।  श्रीलंका क्रिकेट बोर्डले एकदिवसीय र टी–२० टीमको कप्तान परिवर्तन गरेको छ । श्रीलंकाको नयाँ छनोट समितिले दासुन शनाकालाई हटाउँदै एकदिवसीयमा विकेटकिपर कुशल मेन्डिस र टी–२० मा अलराउन्डर वानिन्दु हसरंगालाई कप्तानमा नियुक्त गरेको हो । यस्तै, टेस्ट टिमको कप्तानी दिमुथ करुणारत्नेले गर्नेछन् । श्रीलंकाको क्रिकेटमा तीनै ढाँचामा फरक–फरक कप्तान नियुक्त गरिएको यो पहिलोपटक हो ।

शनाकाले सन् २०१९ मा पहिलोपटक श्रीलंकाको कप्तानी गरेका थिए । उनको नेतृत्वमा श्रीलंकाले ४१ एकदिवसीय खेलमध्ये २३ खेल जित्यो । यस्तै, शनाकाको कप्तानीमा ४८ टी–२० खेलमा श्रीलंकाले २२ खेलमा जित हात पार्‍यो । उनको नेतृत्वमा श्रीलंकाले हासिल गरेको ठूलो उपलब्धि सन् २०२२ भएको टी–२० एसिया कपको जित्नु रह्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर