आज तमु ल्होसारको देशभर बिदा

काठमाडौं । आज तमु ल्होसारको अवसरमा सरकारले देशभर बिदा दिएको छ । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व सांस्कृतिक झाँकीसहित भव्यताका साथ मनाउने गरिन्छ ।
गुरुङ बाहुल्य गण्डकीका खासगरी लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत र काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले पनि टुँडिखेलमा विशेष समारोहकाबीच यो पर्व मनाउँदै आएका छन् । त्यस अवसरमा गुरुङ समुदायका विशेष परिकारको समेत प्रदर्शन गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर