राजा वीरेन्द्रको जन्मजयन्तीमा नेपाल ट्रष्टको निन्दा

काठमाडौं । स्वर्गीय राजा वीरेन्द्र शाहको ७९ औं जन्मजयन्ती मनाइएको छ । ललितपुरको जावलाखेलस्थित उनको शालिकमा शनिबार माल्यार्पणसहित श्रद्धासुमन व्यक्त गरेका हुन् । योगी नरहरीनाथ ट्रष्ट आध्यात्मिक परिषद्, नेपाल विश्व हिन्दु महासंघ, श्री हनुमान आराधना मण्डल नेपालको सहकार्यमा कार्यक्रममा आयोना गरिएको हो ।

नेपाल ट्रष्टको नाममा राजा वीरेन्द्र र उनको परिवारको सम्पत्ति रहेकाले सरकारले उनको जन्मजयन्ती मनाउनुपर्ने योगी नरहरीनाथ ट्रष्ट आध्यात्मिक परिषद्का अध्यक्ष शंकर पौडेलले बताए । उनले भने, “नेपाल ट्रष्टले वीरेन्द्रको सम्पत्ति लुटेर खाने काम गरिराखेको छ । यो अत्यन्तै निन्दनीय कार्य हो । वीरेन्द्रको त्यो सम्पत्ति न श्रुतिका छोरीहरुले पाए । न त्यसको हकदार ज्ञानेन्द्र शाहले पाए । यसरी नेपाल ट्रष्टको दुरुपयोग भएको छ । वीरेन्द्र–ऐश्वर्यको जन्मजयन्तीमा नेपाल ट्रष्टले एउटा माला समेत चढाउँदैन । त्यसमा हामी नेपाल ट्रष्टको निन्दा गर्दछौं ।”

कार्यक्रममा राजा वीरेन्द्रको देशभक्तिको भावना, नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न पु¥याएको योगदानलगायतका कदमहरूको स्मरण गरिएको थियो । विक्रम संवत् २००२ साल पौष १४ गते वीरेन्द्रको जन्म भएको थियो । राजा वीरेन्द्र र उनको वंश विनाश २०५८ साल जेठ १९ गते भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर