सुर्खेतमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को राजीनामा माग्दै सुर्खेतमा प्रदर्शन गरिएको छ । ललितपुरको बालकुमारीमा दुई युवाको प्रहरी दमनबाट मृत्यु भएपछि सुर्खेतमा प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै प्रर्दशन गरिएको हो।

‘युवा विद्रोह’ नाम दिएर शनिबार  युवाहरू बालकुमारी घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका हुन् । मृतकका आफन्त तथा विभिन्न राजनीतिक दलका युवाहरूले सडकमा टायर बालेर गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको समेत राजीनामा माग्दै प्रदर्शन गरिरहेका छन् । सरकारको कार्यशैलीले देशमै सुरक्षाको वातावरणको ग्यारेन्टी गर्न नसकेको भन्दै युवाहरूले सरकारको चर्को विरोध गरेका छन् । मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारको आजीवन जीवन सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग उनीहरूको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर