बालकुमारी घटना आबद्ध ललितपुर प्रहरी प्रमुख र इपिएस शाखा प्रमुख जिम्मेवारीबाट मुक्त

काठमाडौं ।  जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख सिद्धिविक्रम शाह हेडक्वार्टर तानिएका छन् । उनलाई शनिवार दिउँसो नै हेडक्वार्टर तानिएको हो । ‘उहाँलाई आजै हेडक्वार्टर तानिएको हो, साँझसम्ममा पत्र जान्छ’, प्रहरी महानिरीक्षक (आईजीपी)  वसन्तबहादुर कुँवरले भने ।​ आईजीपी कुँवरका अनुसार ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी अहिलेसम्म अन्य कसैलाई तोकिएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सुरक्षा निकायका प्रमुखबीच शनिवार बिहान भएको छलफलपछि उनलाई जिम्मेवारीबाट हटाउने तयारी भएको हो ।

सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखा, ग्वार्कोका कार्यकारी निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अनुसार, इपीएस कार्यालयबाट केही कमजोरी भएको देखिएपछि उनलाई जिम्मेवारीबाट हटाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर